राजनीति

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत

काठमाडौं – स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्। काठमाडौं महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ६६२, राप्रपाका राजाराम श्रेष्ठ ३५२ र साझा पार्टीकी निरुपमा यादवको १६२ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिकाको उपमेयरमा भने उम्मेदवारनै नभएको एमालेले अग्रता लिएको छ। एमालेले १९२३, नेपाली काँग्रेसकी गीता सत्याल १८१३, राप्रपा बाबुकाजी प्रधान १२६६ र माओवादीकी हसिना शाक्य ९९५ प्राप्त गरेका छन्। ललितपुरमा एमालेले राप्रपासँग सहकार्य गरेको थियो।

त्यस्तै भरतपुर महानगरपालिकाको उपमेयर पदमा भने नेपाली काँग्रेसले अगाडी छ। नेपाली काँग्रेसकी पार्वती शाह ११८७ र एमालेकी दिव्य शर्मा ११०८ प्राप्त गरेकी छिन्। पोखरा लेखनाथ महानगरपालिका उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमाले मञ्जु गुरुङ १७९५ र नेपाली काँग्रेस सरस्वती गुरुङ १७३९ ल्याएकी छिन्।

प्रकाशित: २ जेष्ठ २०७४ १३:५२ मंगलबार

दुई महानगरमा कांग्रेस उपमेयर अगाडि उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत