राजनीति

मतगणना स्थल बाहिर (भिडियो)

काठमाडौं – स्थानीय तह पहिलो चरण निर्वाचनको मत गणना जारी भइरहँदा काठमाडौं महानगरपालिकाको मत गणनास्थल राष्ट्रिय सभागृहको सुरक्षा कडा पारिएको छ।

सर्वसाधारण र पार्टीका कार्यकर्ताहरु पछिल्लो मत गणनाबारे जानकारी लिन सभा गृहबाहिर बिहानदेखि पर्खिरहेका देखिन्छन्। मत गणना केन्द्रको सुरक्षामा खटिएका प्रहरीहरु बिहान, दिउँसो र रातिको सिफ्टमा ड्युटी गरिरहेका छन्। मत गणनास्थलमा मोवाईल निषेध गरिएको हुँदा विभिन्न पार्टीका प्रतिनिधिहरु बेलाबेलामा सभा गृहभित्रबाट नयाँ मत गणना लिएर आ–आफ्ना कार्यकर्ताहरुलाई जानकारी गराइरहेका देखिन्छन्।

सभा गृहभित्र विभिन्न पार्टीका उम्मेदवार र प्रतिनिधिलाई प्रवेश छ। सञ्चारकर्मीलाई प्रवेश छैन।

मतपरिणाम जानकारी गराउने व्यवस्थित संयन्त्र नहुँदा सञ्चारकर्मीहरु पार्टीका नेता र सुरक्षाकर्मीले बताएको संख्या पत्याउन विवश देखिन्छन्।
भिडियो हेर्नुहोस्

प्रकाशित: २ जेष्ठ २०७४ १३:२८ मंगलबार

मतगणना स्थल भिडियो