राजनीति

रेणु दाहाल भरतपुरमा अझ पछि परिन्, उपमेयरमा काँग्रेस अगाडि

एमालेका ज्ञवाली र माओवादीकी दाहाल

चितवन—भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको परिणाममा एमालेले अग्रता कायमै गरेको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादीकी रेणु दाहालसँग मत अन्तर अझ बढाएका छन्। एमालेका ज्ञवालीले  १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादीकी रेणु दाहालसँग मत अन्तर अझ बढाएका छन्। एमालेका ज्ञवालीले  १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

उपमेयरमा काँग्रेसकी पार्वती शाह १११२ मतका साथ अगाडि छिन्। एमालेकी दिव्य शर्मा १०४५ मतका साथ उनलाई पछ्‌याइरहेकी छिन्।

प्रधानमन्त्री पुत्री रेणु दाहालका पक्षमा भरतपुरमा काँग्रेस माओवादीबीच चुनाबी तालमेल छ। सुरुदेखि नै एमालेका ज्ञवालीले अग्रता लिएका थिए। सोमबार राति केही समय भने माओवादीकी दाहालले अग्रता लिएर चर्चा पाएकी थिइन्। मंगलबार बिहान नहुँदै फेरि मतपरिणामको ग्राफ परिवर्तन भएर एमालेका ज्ञवालीले अग्रता लिएका थिए। साँझको परिणाममा उनले अग्रता अझ बढाएका छन्।

गठबन्धनलाई गएका केही मतहरु बदर भएका छन्। भरतपुर महानगरपालिकाको वडा नं.१ (रामनगर क्षेत्र) बाट गणना भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर पदको उम्मेद्वार रहेको भरतपुरको परिणामबारे सर्वसाधारणमा बढी नै चासो छ। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीकी दाहाललाई समर्थन गरेको थियो। तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुदेखि नै आक्रोशित थिए।

काँग्रेसको मत माओवादीलाई नजाने सम्भावना बढ्दै गएपछि दुवै दलहरुले संयुक्त अभियान चलाएका थिए। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चबाट तालमेलअनुसार मतदान गर्न अाग्रह गरेका थिए।

प्रकाशित: २ जेष्ठ २०७४ १२:१२ मंगलबार

रेणु दाहाल भरतपुरमा अझ परिन् उपमेयरमा काँग्रेस अगाडि