राजनीति

काठमाडौंमा काँग्रेसका जोशीको २०४ मतको अग्रता

काठमाडौं—काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ गणना भइरहँदा नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार काँग्रेसका जोशीले एमाले उम्मेदवारभन्दा २०४ मतको अग्रता लिएका हुन्। उनले ५४४ मतका साथ अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा एमालेका विद्यासुन्दर शाक्य छन्। यसअघि अग्रता लिएका उनी ३४० मत पाएर पछ्‌याइरहेका छन्।

पछिल्लो मतपरिणामअनुसार काँग्रेसका जोशीले एमाले उम्मेदवारभन्दा २०४ मतको अग्रता लिएका हुन्। उनले ५४४ मतका साथ अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा एमालेका विद्यासुन्दर शाक्य छन्। यसअघि अग्रता लिएका उनी ३४० मत पाएर पछ्‌याइरहेका छन्।

साझा पार्टीका किशोर थापाको २१३ मत छ भने विवेकशीलकी रञ्जु न्यौपाने २०० र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३१ मत ल्याएका छन्।

काठमाडौं महानगरको मतगणना सोमबार वडा नम्बर १ देखि सुरु भएको थियो। गणनामा ढिलासुस्ती भएको गुनासो बढेसँगै मंगलबार बिहान ३२ वडाको पनि मत गणना थालिएको हो।

सुरुवाती निर्वाचन परिणाममा साझा पार्टीका किशोर थापा र विवेकशीलकी रञ्जु दर्शनाले उल्लेख्य मत पाएका थिए। त्यतिबेला काँग्रेस उम्मेदवार जोशी चौथो नम्बरमा थिए। काठमाडौंको मेयरमा नयाँ उम्मेदवार उनीहरु निर्वाच अभियानदेखि नै चर्चित छन्। २०३१ सालको एसएलसी परीक्षाका बोर्ड टपर एवं पूर्वसचिव थापालाई उम्मेदवार बनाएको साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो। युवा नेतृत्वका लागि विवेकशीलले राजधानीबासीसँग भोट मागेको थियो।

प्रकाशित: २ जेष्ठ २०७४ ११:४१ मंगलबार

काठमाडौंमा काँग्रेसका जोशीको २०४ मतको अग्रता