राजनीति

काँग्रेस र एमाले उम्मेदवारले बराबर मत ल्याएपछि…

सल्यान—भनिन्छ नि चुनाबमा एक भोटको पनि ठूलो महत्व हुन्छ। सल्यानको ढोरचौर गाउँपालिकाको वडा अध्यक्ष उम्मेदवारमा काँग्रेस र एमालेका उम्मेदवारले यो भनाइ व्यवहारमै अनुभव गर्न पाए।  

सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोक्का उम्मेदवार थिए। आइतबार भएको स्थानीय तह निर्वाचनमा उनीहरुले समान मत पाए। दुवै उम्मेदवारको ३२१ मत पाए। 

दुवै पक्षको मत बराबरी भएपछि फेरि मतगणना गर्ने निर्णय भयो। दोहोर्‌यार गरिएको गणनामा पनि मत बराबरी पाइयो। 

दुवै पटक काँग्रेस एमाले उम्मेदवारको मत बराबर भएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट अन्तिम परिणाम सार्वजनिक गर्ने सर्त राखे। काँग्रेस उम्मेदवार दिनेश र एमालेका देवेन्द्र सो सर्तमा राजी भए। त्यसपछि गरिएको गोलाप्रथामा काँग्रेसका दिनेश बीएम विजयी भएका छन्।

 

प्रकाशित: २ जेष्ठ २०७४ ११:१८ मंगलबार

काँग्रेस एमाले उम्मेदवारले बराबर मत ल्याएपछि…