राजनीति

चन्द्रागिरिमा काँग्रेसको अग्रता

काठमाडौँ –  चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गरेका छन् । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । 

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा १, २ र ३ वडाको मतगणना सम्पन्न भई अहिले ४ र ५ वडाको मतगणना भइरहेको छ । 

वडा नं १ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा राजेन्द्र केसी तथा सदस्यमा शान्ता गिरी, सरस्वती रोक्का, गोविन्द थापा र मणिराज गिरी छन् । 

वडा नं २ मा नेकपा माओवादी केन्द्रको समूह विजयी भएका छन् । वडाध्यक्षमा गोपी सुर्खेती तथा सदस्यमा सुशीला कोइराला, सपना परियार, मधुकर बस्नेत र सुरेन्द्र तामाङ छन् । 

वडा नं ३ मा काँग्रेसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा दुर्गालाल महर्जन तथा सदस्यमा सीता सत्याल, सोना मगराती, दीपक सार्की र अमरबहादुर लामा छन् । रासस

प्रकाशित: २ जेष्ठ २०७४ १०:१७ मंगलबार

चन्द्रागिरिमा काँग्रेसको अग्रता