काठमाडौँ – काठमाडौँ महानगरपालिकामा हालसम्मको मतगणना अनुसार एमालेको अग्रता रहेको छ ।
८६४ मत गणना भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले २४३, साझा पार्टीका किशोर थापाले १६९, काँग्रेसका राजुराज जोशीले १५३, विवेकशील नेपालीकी रञ्जु दर्शनाले १२० र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १४ मत प्राप्त गरेका छन् ।
अहिलेसम्मको मत गणना अनुसार ९५ मत बदर भएको छ ।
प्रकाशित: २ जेष्ठ २०७४ ०५:३९ मंगलबार