राजनीति

रसुवाका ३ वडामा नयाँ शक्ति विजयी

भगवती लामा

रसुवा- रसुवाको २७ वडामध्ये पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर १ र उत्तरगया गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नयाँ शक्ति विजयी भएको छ। दुई सय ७६  मत ल्याएर उत्तरगया १ को वडा अध्यक्षमा बमबहादुर तामाङ बिजयी भए । महिला सदस्यमा नयाँ शक्तिकै मञ्जु तामाङले ७१ मत ल्याएर बिजयी भइन्। अन्य तीन जना सदस्य भने नेकपा एमालेको तर्फबाट  दलित सदस्यमा ज्ञानु बिकले दुई सय २६ मत, पुर्ण बहादुर घलेले दुई ३४ मत र बम बहादुर तामाङले दुई सय ३३ मत ल्याएर विजयी भएका हुन्।

एक सय ४६ मत ल्याएर नयाँ शक्तिका निमा दिण्डुप पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर १ बाट विजयी भएका छन्।

पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालबाट अध्यक्षमा दावा नोर्चुल तामाङ सहित को प्यानलै बिजयी भएको छ । दावा नोर्चुल तामाङले एक सय ७८ मत ल्याएर विजयी  भएका हुन् । महिला सदस्यमा निमा वाङमो तामाङले एक सय ७० मत, ठिदोर्जे तामाङले एक सय ६४ मत प्राप्त गरेर विजयी भए ।  वडामा अन्य पार्टीबाट उम्मेदवारी नै नपरे पछि दलित महिला सदस्यमा श्रीमाया कामी यसअघि नै विजयी भइसकेकी छिन्।

कालिका गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओबादी केन्द्रबाट पुष्पराज न्यौपाने विजयी भएका छन् । वडामा न्यौपाने सहित पूरै प्यानल नै विजयी भएको हो । वडा अध्यक्षमा विजयी भएका न्यौपानेले ४ सय ३ मत ल्याएका छन् ।

 

प्रकाशित: १ जेष्ठ २०७४ १५:५४ सोमबार

रसुवाका वडामा शक्ति