राजनीति

मतगणना स्थलमै भेटियो ३ थान खुकुरी

धादिङ- धादिङको नेत्रावती गाउँपालिकाको मत गणना स्थलबाट ३ थान खुकुरी सहित तीन जना पत्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रावती १ का राकेश सिंखडा, केवल थापा मगर, टेक बहादुर तामाङ रहेका छन्। 

                मत गणना भइरहेको ठाउँ भन्दा बाहिरी गेटबाट उनीहरु पक्राउ परेका हुन्। झोलामा लुकाएर ल्याएको शंका लागेर प्रहरीले चेकजाँच गर्दा तीन जनासंग तीन वटै ठूला खुकुरी भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए ।

                पक्राउ परेकाहरुलाई सदरमुकाम ल्याइदै गरेको र कानून बमोजिम कार्वाहि प्रकृया अघि बढाउने डिएसपी पञ्जियारले बताए।

 

प्रकाशित: १ जेष्ठ २०७४ १५:२६ सोमबार

मतगणना स्थलमै भेटियो थान खुकुरी