राजनीति

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति र माओवादी एक/एक वडामा बिजयी

गोरखा- गोरखामा नगरपालिका १ मा नेपाली कांग्रेसका हिक्मत कुँवर प्यानल सहित बिजयी बनेका छन्। पाँच सय ६३ मत ल्याएर उनी बिजयी बनेका हुन। यस्तै चुमनुब्री गाउँपालिका ७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार पासाङ लामा एक सय ८९ मत ल्याएर बिजयी बने।

गण्डकी गाउँपालिका १ मा माओवादी केन्द्रले खाता खोलेको छ। केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार गिरबहादुर गुरुङले पाँच सय २० मत ल्याएर प्यानल सहित बिजयी भएका छन्।

गोरखाको पालुङ्टार नरगरपालिका १ मा नयाँ शक्तिको प्यानल नै बिजयी भएको छ। उक्त वडा नयाँ शक्तिका संयोजक भट्टराईको वडा समेत हो। नयाँ शक्तिबाट वडा अध्यक्षको उम्मेदवार बनेका कृष्णबहादुर परियारको  प्यानल नै बिजयी बनेको छ। घोषणा हुन बाँकी छ । ९ गाउँपालिका र दुई नगर रहेको यहाँ सबै ठाउँमा गणना भईरहेको छ। मतगणना निकै ढिलो भएको छ । एक हजार मत गणना गर्न झण्डै १० घण्टा समय लागेको छ।

 

 

 

 

 

 

 

प्रकाशित: १ जेष्ठ २०७४ १५:२० सोमबार

गोरखामा कांग्रेस दुई शक्ति माओवादी एक/एक वडामा बिजयी