राजनीति

लोमान्थाङमा कांग्रेस विजयी

पोखरा- हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कांग्रेसका सुवर्ण विष्ट ६ सय ३ मत ल्याएर बिजयी भएका छन्। प्रतिद्वन्द्वी स्वतन्त्रका इन्ध्रधारा विष्टले ४ सय ९५ मत पाएको निर्वाचन अधिकारी सिताराम लामिछानेले बताए । 

उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा विष्ट ६ सय ५२ मत ल्याएर बिजयी भईन । प्रतिद्वन्द्वी एमालेका पासाङ डोल्कर गुरुङले ३ सय ३३ मत पाइन् ।

यसअघि मुस्ताङको दालोमे गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार लोप्साङछिरिङ विष्ट विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा एमालेका ढोका गुरुङ ६ सय १ मत ल्याएर विजयी बनेका छन् ।

 

प्रकाशित: १ जेष्ठ २०७४ १४:४३ सोमबार

लोमान्थाङमा कांग्रेस