राजनीति

मुगुको नगरपालिकामा कांग्रेस, गाउँपालिकामा एमाले अग्रता

मुगु- स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार  नगरपालिका क्षेत्रमा  नेपाली काँग्रेसले अग्रता लिएको छ भने प्राप्त एक गाउँपालिकाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

छायानाथ रारा नगरपालिका वडा नम्बर १४ को मत गणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली काँग्रेसका तर्फ बाट प्रमुख पदका उम्मेदवार हरिजंग शाहीले ९५ मत, नेकपा एमालेका तर्फबाट प्रमुख पदका उममेदवार जितबहादुर मल्लले ७० तथा माओवादी केन्द्रबाट उप प्रमुख पदमा सुरबहादुर बुढाले ८५ र एमाले तर्फ उप प्रमुख सुन्तला रोकायाले ६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१४ नम्बर वडामा रहेको मतदान केन्द्रमा खसेका ६ सय ७३ मत मध्य अहिलेसम्म दुई सय मतको मात्र गणना हुन सकेको छ । जिल्लाका तिन वटा गाउँ पालिका मध्य एउटा गाउँपालिका खत्याड गाउँ पालिकामा जारी रहेको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका प्रमुख उब्जनबहादुर शाही र जयनन्दा रावल क्रमश:   ३० र ३९ मत , नेकपा माओवादी केन्द्रका प्रमुख विर्खबहादुर थापा र जुनकला शाहीले २७ र २५ एवं नेपाली काँग्रेसका प्रमुख लोकेन्द्र थापा प्रमुख ,उप प्रमुख सरिता रोकाले १६ र १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सञ्चार सम्बन्ध राम्रो नभएका कारण जिल्लाका सोरु गाउँ पालिका र मुगुम गाउँ पालिकाको मत गणनाको अवस्था बारे विस्तृत जानकारी आउन ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७४ १३:०५ सोमबार

मुगुको नगरपालिकामा कांग्रेस गाउँपालिकामा एमाले अग्रता