राजनीति

तीन महानगरपालिकामा एमालेको अग्रता

काठमाडौं-  देशका ४ महानगरपालिका अहिले मतगणना भइरहेको छ। ४ महानगर मध्ये भरतपुरबाहेक ३ महानगरमा एमालेको अग्रता रहेको छ।

काठमाडौं, पोखरा र ललितपुरमा एमालेले अग्रता लिएको छ भने भरतपुर महानगरपालिकाको मत परिणाम आउन बाँकी छ। भरतपुर महानगरपालिकामा विवाद भएपछि ढिलो गरी गणना सुरु भएको हो। भरतपुरको वडा नं १ बाट मतगणना सुरु भएको छ।

ललितपुरमा नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १३९३ मत सहित अग्रता लिएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १२८५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा माओवादी केन्द्रका दिनेश महर्जन छन्।

काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले ३५ , नेपाली कांग्रेसका राजुराज जोशीले २३, विवेकशिलकी रन्जु दर्शनाले २६ र साझा पार्टीका किशोर थापाले २६ मत प्राप्त गरेका छन्।

पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेको अग्रता छ। पोखरामा एमालेका मानबाहादुर जिसीले अग्रता लिएका छन् । जिसीले २ सय मत गन्दा ९२ मतका साथ अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वान्दी रामजी कुँवरले ६५ मत प्राप्त गरेका छन्।

 

प्रकाशित: १ जेष्ठ २०७४ ११:४३ सोमबार

महानगरपालिकामा एमालेको अग्रता