नुवाकोट – नुवाकोटको तादी गाउँपालिका १ मा काँग्रेस प्यानलनै विजयी भएको छ ।
काँग्रेसका नकुल दोङ तामाङ ८ सय ४ मत सहित वडाअध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द थापाले ५ सय ५६ र माओवादी केन्द्रका अर्जुन तामाङले २ सय ५७ मत ल्याएका छन् ।
वडाबाट गाउँपालिकामा काँग्रेसका नारायणप्रसाद पाण्डेलाई ६ सय ८६, एमालेका केपी लामिछानेलाई ५ सय ३५ र माओवादी केन्द्रका मानसिंह लामालाई ३ सय ८० मत प्राप्त भएको छ ।
यसअघि नुवाकोटको मेघाङ १ मा वडा अध्यक्ष दलसिंह तामाङ सहित एमाले प्यानल नै विजयी भइसकेको छ ।
प्रकाशित: १ जेष्ठ २०७४ ०८:४९ सोमबार