राजनीति

तनहुँमा कांग्रेस र माओवादीको अग्रता

तनहुँ –  तनहुँमा स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । आबुखैरेनी गाउँपालिका  र बन्दिपुर गाउँपालिकामा  आइतबार  १ बजेबाट मतगणना सुरु भएतापनि ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाको भने सोमबार बिहान १० बजेबाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनुहँले जनाएको  छ । 

आइतबार रातीबाट सुरु गरिएको आबुखैरेनी प्रमुखमा ९ सय मत गणना हुदाँ माओवादी केन्द्रले अग्रता लिएको छ, माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ्गले ३ सय ८४ मत ल्याइ अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका गिरबहादुर थापा ३३५ मतसहित उनलाई पछ्याइरहेका छन् ।  त्यस्तै एमालेका सन्तबहादुर केसीले १ सय ८ मत प्राप्त गरेका छन् ।  

बन्दिपुर गाउँपालिकामा ८ सय मत गणना गरिएकोमा नेपाली कांग्रेसका कर्णबहादुर खत्रीले ३ सय ३ मत सहित अग्रता लिएका छन् भने नेकपा एमालेका आनन्दमान जोशीले १७९ र माओवादी केन्द्रका पूर्ण सिंह थापाले १४७ मत प्राप्त गरेको बन्दिपुर गाउँपालिकाका निर्वाचन अधिकृत शिशिर पौडेलले जानकारी दिए । 

प्रकाशित: १ जेष्ठ २०७४ ०७:५० सोमबार

तनहुँमा कांग्रेस माओवादीको अग्रता