राजनीति

काँग्रेस –एमाले कार्यकर्ताबीच झडप, चार घाइते

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–५ देउरालीमा  काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते हुनेमा एमालेका ४२ वर्षीय राजेन्द्र थापामगर, २५ वर्षीय ललितबहादुर थापामगर र १९ वर्षीय गणेशबहादुर थापामगर र नेपाली काँग्रेसका २४ वर्षीय रामबहादुर थापामगर रहेका छन् । 

आइतबार मतदान सकिएपछि साँझ घर फर्किने क्रममा झडप भएको थियो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०५:१८ सोमबार

काँग्रेस –एमाले कार्यकर्ताबीच झडप घाइते