राजनीति

काठमाडौं महानगरको मतगणना ११ बजेदेखि

काठमाडौं—काठमाडौं महानगरपालिकाको मगणना सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बिहान बसेको सर्वदलीय बैठकले बिहानको खाना खाएर मतगणना थाल्ने निर्णय गरेको हो।

३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण छ। नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपाने पनि चर्चामा छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०४:४० सोमबार

काठमाडौं महानगरको मतगणना ११ बजेदेखि