राजनीति

काभ्रेको रोशीमा माओवादीको अग्रता, वडा  नं १२ मा प्यानलनै विजयी

काभ्रे – काभ्रेको रोशी गाउँपालिकाको वडा नं १२ मा माओवादी केन्द्र प्यानल विजयी भएको छ  भने रोशी गाउँपालिकामा पनि माओवादी केन्द्रको नै अग्रता रहेको छ ।

हालसम्म माओवादी केन्द्रका मिमबहादुर लामाले २९० मत प्राप्त गरेका छन् भने काँग्रेसका दलबहादुर तामाङले २५४ मत प्राप्त गरेका छन् । १२५ मत प्राप्त गरी एमालेका बज्रध्वज लामा तेश्रो स्थानमा छन्  । त्यसैगरी उपाध्यक्षका लागि काँग्रेसले २४६ मत प्राप्त गरेको छ भने एमालेले ११७ मत प्राप्त गरेको छ । 

प्रकाशित: १ जेष्ठ २०७४ ०४:२७ सोमबार

काभ्रेको रोशीमा माओवादीको अग्रता वडा  नं १२ प्यानलनै