राजनीति

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा— बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

पाँचखाल नगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादी उम्मेदवार अगाडि छन्। माओवादीका आइतसिंह तामाङले ११७ मत पाएका छन्। एमालेका रुद्र बानियाँ ८२ मतका साथ उनलाई पछ्‌याइरहेका छन् भने काँग्रेसका महेश खरेलले ५९ मत पाएका छन्।

उपमेयरमा एमालेकी रेखा सापकोटा दाहालले १७४ मत पाएकी छिन्। काँग्रेसकी निर्मला श्रेष्ठले १४९ मत ल्याएकी छिन्। माओवादीकी रुपा विष्टले ४३ मत पाएकी छिन्।

यसैगरी पाँचखाल नगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयरमा माओवादी उम्मेदवार अगाडि छन्। माओवादीका आइतसिंह तामाङले ११७ मत पाएका छन्। एमालेका रुद्र बानियाँ ८२ मतका साथ उनलाई पछ्‌याइरहेका छन् भने काँग्रेसका महेश खरेलले ५९ मत पाएका छन्।

यसैगरी उपमेयरमा माओवादीकी रुक्मिणी बराइली १०७, एमालेकी भक्तकुमारी लामा ९५ र काँग्रेसकी लक्ष्मी दनुवारले ५० मत पाएका छन्।

 

प्रकाशित: १ जेष्ठ २०७४ ०४:२७ सोमबार

बनेपामा एमालेको अग्रता पाँचखालमा माओवादी अगाडि