राजनीति

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक, दुई जना नमुनाका राखेर हुँदैन: उपाध्यक्ष अर्याल

फाईल तस्बिर <br>

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छिन्।

आज संसद भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरूको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन। उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरू रहेकाले सबै एक भएर महिलाका हक हितका लागि लड्नुपर्ने बताइन।

उनले  महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको धारणा राखिन। उपाध्यक्ष अर्यालले सामाजिक आर्थिक रूपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरूको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने बताइन। 

उपाध्यक्ष अर्यालले अब महिलाको लडाइँ भनेको ३३ प्रतिशत वडा अध्यक्ष र मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत हुनुपर्ने रहेको धारणा राखिन। 

प्रकाशित: १५ असार २०८० ११:४३ शुक्रबार

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ एक दुई जना नमुनाका राखेर हुँदैन: उपाध्यक्ष अर्याल