राजनीति

सरकारले ल्याएको बजेट ‘राणा कालिन समयको जस्तो’ भयो: सांसद देवकोटा

फाईल तस्बिर <div><br></div>

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणा कालिन समयको जस्तो’ भएको टिप्पणी गरेका छन।

प्रदेशका मुख्यमन्त्रीहरूले अहिलेको बजेटलाई राणा कालमा आएको बजेटको रुपमा चित्रण गरेको उनको जिकिर थियो । आज राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरित काम गरेको भन्दै आपत्ति जनाए । उनले साबिकको गाविसले समेत २ लाख भन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्त्याएर सरकारले २ लाख भन्दा कमको   आयोजनाहरू सहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताए ।सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने धारणा राखे।

सांसद देवकोटाले के सत्तारुढ दलका नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि बजेट छुट्टाउन संघीयता र गणतन्त्र ल्याइएको हो ? भनी प्रश्न समेत गरे ।

प्रकाशित: १५ असार २०८० ११:१० शुक्रबार

सरकारले ल्याएको बजेट ‘राणा कालिन समयको जस्तो’ भयो: सांसद देवकोटा