राजनीति

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो।

प्रकाशित: १५ असार २०८० १०:५२ शुक्रबार

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का