राजनीति

काठमाडौं र ललितपुर महानगरपालिकाका मतपेटिका गणनास्थल पुर्‍याइदै

ललितपुरका विभिन्न मतदान केन्द्रका मतपेटिका मत गणनाका लागि स्टाफ कलेज लगिदै। तस्बिर: नागरिक

काठमाडौं –स्थानीय तहको पहिलो चरणको मतदान सम्पन्न भएलगत्तै उपत्यकाका दुई महानगरका मतपेटिका सभागृह र स्टाफ कलेज लगिएको छ।

निर्वाचन आयोगबाट खटिएका कर्मचारीले मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर सभा गृह र स्टाफ कलेज पुर्याउने क्रम जारी छ। त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटार वडा कार्यलय पुर्‍याँदैछ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो।

प्रकाशित: ३१ वैशाख २०७४ १३:०८ आइतबार

काठमाडौं ललितपुर महानगरपालिकाका मतपेटिका गणनास्थल पुर्‍याइदै