राजनीति

मतदान सकियो

काठमाडौं –स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजे देखि साँझ ५ बजे सम्मको लागि मतदान गर्ने कार्यक्रम तय गरेको थियो। तर ५ बजे भित्र लाइनमा बसेर मतदान नसकेकाहरुले ५ बजे पछि पनि मतदान गरेका थिए।

निर्वाचन आयोगका सदस्य नरेन्द्र दाहालका अनुसार स्थानीय तह पहिलो चरण निर्वाचनमा दोलखाको मेलेङ र काभ्रेको नमोबुद्व ४ बाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ।

‘स्थानीय तह पहिलो चरणको निर्वाचन केही स्थानबाहेक सबैतिर शान्तिपूर्ण सम्पन्न भएको छ। हालसम्म ७० प्रतिशत भन्दा बढी मतदान भएको अनुमान गरेका छौं,’आयोगका सदस्य नरेन्द्र दाहालले भने।

प्रकाशित: ३१ वैशाख २०७४ १२:२८ आइतबार

मतदान सकियो