राजनीति

केही स्थानमा अझै मतदान जारी

काठमाडौं- मतदानको निर्धारित समय सकिए पनि केही जिल्लामा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले विहान ७ बजे देखि साँझ ५ बजे सम्मको लागि मतदान समय तोकेको थियो। लाइनमा बसेर पनि ५ बजे सम्म मतदान गर्न नभ्याएका स्थानहरुमा मतदान जारी रहेको आयोगका आयुक्त इश्वरी पौडेलले बताए।

निर्वाचन भएका ३४ जिल्लाबाट मतदानको विवरण संकलन भइरहेको उनले बताए। केही समयमा कति प्रतिशत मतदान भयो भन्ने आधिकारीक विवरण आउने उनले जनाए। ८० प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान आयोगले गरेको पौडेलले बताए।

प्रकाशित: ३१ वैशाख २०७४ १२:०२ आइतबार

केही स्थानमा मतदान जारी