राजनीति

मनाङमा दुई केन्द्रको मतदान सकियो

पोखरा- हिमालपारिको जिल्ला मनाङमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको छ। अहिलेसम्म दुईवटा केन्द्रमा मतदान सकिएको छ। अहिलेसम्म करिब ६० प्रतिशत मत खसिसकेको मनाङ प्रशासनले जनाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार चामे गाउँपालिका–५ चामे केन्द्रमा ३४ जना मतदाता थिए । ती मध्ये २४ जनाले मतदाता परिचयपत्र लगेको र अहिलेसम्म २४ जनाले नै मतदान गरिसकेका छन् । ‘भरपर्दो कागजात लिएर मतदान गर्न आएनन् भने अब मत खस्ने सम्भावना कम छ,’ उनले भने ।

त्यस्तै चामे–४ को केन्द्रमा ६८ जना मतदाता रहेकोमा ५२ जनाले परिचयपत्र लगेका थिए । ती सबैले मतदान गरिसकेको उनले बताए । ‘मतदाता थोरै भएकोले पनि होला, छिटो मतदान भयो,’ उनले भने । मनाङमा नार–फू, चामे, नासोङ र नेस्याङ गाउँपालिका छन् ।

मनाङमा सबैगरि ५ हजार ९५ मतदाता थिए । ती मध्ये सबैभन्दा टाढाको नार–फू मा ३ सय ६२ मतदाता रहेकोमा नार–फू मा निर्विरोध भईसकेको छ । चामेमा ५, नासोङ र नेस्याङमा ९–९ वटाका दरले २३ वटा मतदानस्थल रहेको उनले बताए । २३ मध्ये २ वटामा मतदान सकिएको भण्डारीले बताए।

प्रकाशित: ३१ वैशाख २०७४ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App