राजनीति

मुगुमा ६० प्रतिशत मतदान, सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो

मुगु- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर तीन भाम गाउँमा रहेको मतदान केन्द्रमा मतदान सकिएको छ।

उक्त मतदान केन्द्रमा रहेका २ सय ९३ जना मतदाता मध्ये दुई सय पचास जनाले १ बजेसम्म मतदान गरेका थिए। मतदान सकिए पनि ४३ जना मतदाताको लागि निर्वाचनमा खटिएका कर्मचारी अहिलेसम्म आई नपुगेका मतदातालाई पर्खि बसेको  मतदान अधिकृत प्रेमप्रकास केसीलाई उधृत गर्दै जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिए । अहिलेसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सञ्चालन भईरहेको र  करिब ६० प्रतिशत मत खसेको बुढाको भनाई छ।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०९:४१ आइतबार

मुगुमा ६० प्रतिशत मतदान सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो