राजनीति

मुस्ताङमा १२ बजेसम्म ५० प्रतिशत मतदान

कागबगेनी, मुस्ताङको मतदान केन्द्रमा सहयोगी लिएर मतदान गर्दै ९० वर्षीया केमी शाक। तस्विरः नागरिकन्युज

काठमाडौं— स्थानीय तह अन्तर्गत आइतबार भइरहेको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ५० प्रतिशत मतदान भएको छ।

जिल्लाका प्रहरी प्रमुख डिएसपी हरिहर योगीकाअनुसार जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। मध्यान्ह १२ बजेसम्म ४ हजार ४०३ मत खसिसकेको छ।

मुस्ताङमा कूल ८४६१ मतदाता छन्।

संघीय संरचनाअनुसार नेपालमा पहिलो पटक स्थानीय तह निर्वाचन भइरहेको हो। यो निर्वाचनसँगै स्थानीय तह अधिकारसम्पन्न हुनेछन्।

प्रकाशित: ३१ वैशाख २०७४ ०६:१८ आइतबार

मुस्ताङमा १२ बजेसम्म ५० प्रतिशत मतदान