राजनीति

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

फाइल तस्बिर

आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेशसभाको बैठक अझै सुरु भएको छैन।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

आजको बैठकमा मुख्यमन्त्री कार्की विश्वासको मत लिदै छन्। विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतदलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए।

तर बिहीबारको प्रदेशसभाको बैठकमा बोल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) ले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन्। त्यस्तै एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए। १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ।

प्रकाशित: १४ असार २०८० १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App