राजनीति

विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ:ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरूको लहर चलेको बताएका छन्। 

आज मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो कुरा बताएका हुन ।अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको धारणा राखे।उनले विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको जिकिर गरे।

उनले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए।अध्यक्ष ओलीले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरू सफल हुन नसक्ने धारणा राखे । 

प्रकाशित: १४ असार २०८० १०:५० बिहीबार

विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ: ओली