राजनीति

ज्ञानको सुरुआत नेपालबाटै भएको हो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन्।

मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताएका हुन्।

“पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”, उनले भने, “वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता पनि यही भूमिबाट सुरु भएको हो।”

अध्यक्ष ओलीले शिक्षा व्यावहारिक र जीवन उपयोगी हुनुपर्नेमा समेत जोड दिएका छन्। उनले व्यक्ति र समाजका लागि उपयोगी हुने खालको शिक्षा आवश्यक रहेको सुनाए। 

उनले शिक्षालयले पनि विद्यार्थीलाई सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिन सक्ने हुनुपर्ने भन्दै मदन भण्डारी कलेजलाई नमुना कलेज बनाउन सुझाव दिए। विद्यार्थी असफल भए शिक्षक पनि असफल हुने भन्दै उनले शिक्षकले पनि मेहनत गर्नुपर्नेमा उनको जोड थियो।

अध्यक्ष ओलीले गुरु कुट्नेहरू विद्यार्थी नहुने भन्दै शालीन, इमानदार र विनम्रता विद्यार्थीका गुण भएको बताए। विद्यार्थीले रुचिअनुसारको विषय अध्ययन गर्न नपाएको उल्लेख गदै उनले भने, “अवसरले प्रतिभालाई प्रस्फुटन गराउँछ, त्यसैले अवसरलाई सदुपयोग गर्नुपर्छ।”

अध्यक्ष ओलीले नेपालमा विकासको धेरै सम्भावना भएको भन्दै धेर काम गर्न सकिने बताए। उनले अमेरिकाका लागि एक प्रतिशतका उत्पादकत्व वृद्धि धेरै भए पनि हाम्रा लागि भने १० प्रतिशतको वृद्धि पनि कम हुने जिकिर गरे।

प्रकाशित: १४ असार २०८० ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App