राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। 

राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै पौडेल स्वास्थ्य लाभ गरि बुधबार डिस्चार्ज भएको जानकारी दिएको हो।

स्वास्थ्यमा समस्या आएपछि पौडेल असार २ गते अस्पताल भर्ना भएका थिए। उनको मुटुमा पेश मेकर राखिएको छ। मुटुरोग बिशेषज्ञ डा. रत्नमणी गजुरेलको संयोजकत्वमा डा. भगवान कोइराला, चन्द्रमणी पौडेल, रोशन रन्जित, डा. यादव भट्ट, डा.सुजित राजभण्डारी र एनेशथेसियातर्फ डा. बिभुष श्रेष्ठ र विश्वास प्रधानको समूहले पेसमेकर राखेका थिए।  

प्रकाशित: १३ असार २०८० ०८:२७ बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल