राजनीति

अर्थमन्त्री महतकाे स्पष्टिकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएका विषयको जवाफ दिँदै महतले नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताएका हुन्।

'हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौं। यो हाम्रो विश्वास हो', उनले भने, 'जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन।'

प्रतिपक्षी दलहरू नेकपा एमाले र रास्वपाले मंगलबार प्रतिनिधि सभामा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका थिए। एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक केहीबेर स्थगितसमेत भएको थियो।

प्रकाशित: १२ असार २०८० ०७:३६ मंगलबार

अर्थमन्त्री डा. प्रकाशशरण महत जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन अर्थमन्त्री महतकाे स्पष्टिकरणः जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन