राजनीति

ललिता निवास प्रकरण: तत्कालीन सहसचिव देउजासहित थप ४ जना पक्राउ

फाइल तस्बिर

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो।

सीआईबीले अनुसन्धानका लागि केही बेरअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

प्रकाशित: १२ असार २०८० ०७:०८ मंगलबार

ललिता निवास प्रकरण