राजनीति

राष्ट्रपति र प्रधान न्यायाधीशबीच भेट

काठमाडौं- प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति विद्या भण्डारीबीच आइतबार शीतल निवासमा भेट भएको छ।

राष्ट्रपति भण्डारीलाई भेटेर प्रधानन्यायाधीश कार्कीले कानुन दिवशको निमन्त्रणा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कांग्रेस र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि निलम्वनमा परेकी कार्की शुक्रबार सर्वोच्चको आदेशसँगै काममा फर्किएकी थिइन्।

 

 

प्रकाशित: २४ वैशाख २०७४ १४:२३ आइतबार

राष्ट्रपति प्रधान न्यायाधीशबीच