राजनीति

संसद बैठक स्थगित, सभामुखले पत्रकार सम्मेलन गर्दै

काठमाडौं- आज बस्ने भनिएको संसद बैठक बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालय स्रोतका अनुसार बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो। केहीबेरमा सूचना टास गरी संसद बैठक स्थगित भएको जानकारी गराउने बताइएको छ।

यसैबीच सभामुख ओनसरी घर्तिमगरले आजै पत्रकार सम्मेलन गर्दैछिन्। उनले नयाँ बानेश्वरको संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन गर्दैछिन्।  

प्रकाशित: २४ वैशाख २०७४ ०६:३६ आइतबार

संसद बैठक स्थगित सभामुखले पत्रकार सम्मेलन गर्दै