राजनीति

समृद्धिको लागि उत्पादन आवश्यक: प्रभु साह

फाइल तस्बिर

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उत्पादनमा वृद्धिले मौलापुर नगरपालिकामा समृद्धि ल्याउने बताएका छन्।

मौलापुर नगरपालिकाको सातौँ नगर अविधेशनको उद्घाटन गर्दै नेता साहले मौलापुर नगरपालिकामा भौतिक पूर्वाधार पर्याप्त भइसकेकोले अब आर्थिक समृद्धिको लागि उत्पादन आवश्यक रहेको बताएका हुन्।

मौलापुर नगर क्षेत्रमा सडक, बिजुली, विद्यालय, अस्पतालजस्ता भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक प्रगति भइसकेकोले अब मौलापुर नगरवासीको लागि नगरपालिकाले ल्याएको उत्पादनमा वृद्धिले समृद्धिको सपना देख्न सबैलाई आग्रह गरेका छन्।

केन्द्र सरकार र मधेश प्रदेश सरकार दुवैले मौलापुर नगरपालिकालाई पर्याप्त बजेट नदिएको भए पनि मौलापुर नगरपालिकाले आफ्नो नागरिकसंग कुनै कर नलिई बिजुली निशुल्क उपलब्ध गराउँदै अन्य पालिकाको तुलनामा निकै बढी सुविधा उपलब्ध गराएकोमा नेता साहले प्रशंसा गरे।

चौथो शताब्दी गुप्तकालको पुरातात्विक महादेव मन्दिर तथा सिम्रौनगढ बजारको संरक्षणमा पुरातत्व विभाग र संस्कृति तथा पर्यटन मन्त्रालयले ध्यान नदिएको गुनासो गर्दै नेता साहले संघ र प्रदेश सरकारले समानुपातिक हिसाबले पालिकाहरुलाई बजेट विनियोजन गर्नुपर्ने बताए।

प्रकाशित: १० असार २०८० १३:३३ आइतबार

प्रभु साह