राजनीति

उपमेयरकाे श्रीमानलाई कारबाहीको माग गर्दै कर्मचारीले बुझाए प्रजिअलाई ज्ञापन पत्र

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।

गुप्ताले नगरपालिका परिसरमै कार्यालय प्रमुखसहित कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरु पेन डाउन गरी प्रदर्शनमा उत्रिएका छन्। कर्मचारीहरुले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रजिअ शंकर हरि आचार्यलाई ज्ञापन पत्र बुझाएका हुन्।

नगरपालिकाकाका कर्मचारीको तर्फबाट सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले प्रजिअ आचार्यलाई ज्ञापन पत्र बुझाउदै दोषी उपर कारबाहीको माग गरे। उनले दोषीलाई कारबाही नभएसम्म आफूहरुले पेन डाउन जारी राख्ने भन्दै काम गर्ने वातावरण बनाई दिन आग्रह गरे।

ज्ञापन पत्र बुझ्दै प्रजिअ आचार्यले कर्मचारीमाथी गरिएको दुर्व्यवहार प्रति ध्यानकषर्ण भएको बताए। आरोपीमाथी नियमानुसार कारबाहीको प्रकृया अघि बढेको भन्दै उनले पेन डाउन फिर्ता लिई काममा फर्कन आग्रह गरे।  

प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले कर्मचारीमाथि दुर्व्यवहार गर्नेको खोजी कार्य जारी रहेको बताए। मुद्दा दर्ता भइसकेकाले आफूले नियमानुसार कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरे।  

प्रकाशित: १० असार २०८० ११:३५ आइतबार

कपिलवस्तु नगरपालिका