राजनीति

बैठकमै कुटिए कार्यपालिका सदस्य

कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका -१ का वडा सदस्य माथि कुटपिट भएको छ।

गाउँ कार्यपालिकाको बैठक चलिरहेको बेला गाउँपालिकाले गरेको अनियमितताको कुरा उठाउँदा वडा अध्यक्ष लगाएत ६ जनाले  कार्यपालीका सदस्य भरत वि.क माथि कुटपिट गरेका हुन्।

७ गतेबाट चलिरहेको  कार्यपालिकाको बैठकमा गाउँपालिकाले गरेको कर्मचारी नियुक्तीमा, अनियमितता र वडाकार्यलयबाट हुने सेवा सुविधाको विषयमा कुरा उठाउँदा वि.क माथि कुटपिट भएको हो।

गाउँपालिकाले गरेका अनियमितता र  आफन्तलाई गाउँपालिकामा भर्ती गरेको विषयमा आफूले कुरा उठाउँदा वडा नम्बर १ अध्यक्ष बैकुन्ठ गिरी, वडानम्बर २ का अध्यक्ष बशन्त बुढा,लेखापाल परेक बुढा,शिक्षा शाखा प्रमुख महनबिर धामी,प्रशासन शाखा प्रमुख धिरेन्द धामी, खेल शिक्षक खेमराज गिरी लगाएतले कुटपिट गरेको पीडित भरत बि.क ले बताए। गाउँपालिका अध्यक्ष मोहन केसी महेशको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले बताए। गाउँ कार्यपालिकाको बैठक बसिरहेको समयमा फेस बुकमा धेरै गाउँपालिकाको विषयमा लेख्ने, अराजक गतिविधि गरेको भन्दै आफूमाथि कुटपिट भएको उनले बताए।

गाउँपालिका अध्यक्षले आफ्नो बुहारीलाई नियुक्ती गर्ने, पार्टीका कार्यकर्ताको भत्ती केन्द्र जस्तो बनाएको विषयमा कुरा उठाउँदा आफूलाई सबै लागेर कुटपिट गरेको बताए।

वडा नम्बर १ अध्यक्ष बैकुन्ठ गिरी, २ का अध्यक्षले अगाडि पछाडि आएर कुटपिट गर्दा मुखमा चोट लाग्नुका साथै कपडा च्याती घाइते बनाएको उनको भनाइ छ। उनले भने, ‘अहिले पनी शरिरमा धेरै चोटपटक लागेको छ, मलाई दलित भनेर तथानाम बोलेका छन्।’

गाउँपालिका अध्यक्ष मोहन केसी महेशले गाउँपालिका र वडाको समिक्षामा वडा नम्बर १ का अध्यक्षबीच हात हालाहाल भएको र अरु सबैले शान्त बनाएको बताए। गाउँपालिकाको विषयमा नराम्रो नलेख अराजक नबन भन्ने विषयमा कुरा उठाउदा यस्तो समस्या आएको उनको भनाइ छ। उनले सबै वडा अध्यक्षहरुले गाउँपालिकाको विषयमा बोल्ने गरेको कुरा  गाउँकार्यपालिकामा समिक्षा गर्न खोज्दा हात हालाहाल भएको र  वडा अध्यक्षहरुले कुटपिट गरेको बताए।

उनलाई दलित भनेर हेप्ने कुरा भने कसैबाट नभएको अध्यक्षे केसीको भनाइ छ। गाउँपालिका उपाध्यक्ष पार्वती सिंहका अनुसार १७ जनाको कार्यपालिका सदस्यहरुको बैठकमा गाउँपालिकाको विषयमा धेरै लेख्ने बोल्ने गरेको कुरा उठेको र कुटपिट भएको भन्ने खबर आफूले पाएको बताइन्। आफू खाजा खान गएको बेला कुटपिट भएको उनको भनाइ छ। गाउँ कार्यपालिकाको सदस्यमाथि कुटपिट हुनु दुखद भएको उनले बताइन्।

पीडित भरत वि.कले कुटपिट गर्ने  गाउँपालिका अध्यक्ष महेस केसी सहित ७ जनाको नाममा मुदा दर्ता गर्न लागेको बताए।  

प्रकाशित: १० असार २०८० ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App