प्रतिनिधी सभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नहरुको सम्बन्धी मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ।नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनमा बिहान १० बजे प्रतिनिधी सभाको बैठक बोलाईएको छ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुनेछ।आजको बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने छन।
आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
यस अघि शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल भएको थियो।
प्रकाशित: १० असार २०८० ०२:३४ आइतबार