राजनीति

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द

काठमाडौं—सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । रासस

प्रकाशित: २२ वैशाख २०७४ १४:२९ शुक्रबार

३१ गते सार्वजनिक विदा शिक्षण संस्था