राजनीति

सर्वोच्चको अादेशले 'न्यायमाथिको हस्तक्षेप'मा ब्रेक लगायोः ओली

एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्विर

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको अादेशले नेपाली कांग्रेस-माओवादीले गर्न खोजेको न्यायिक हस्तक्षेपमा ब्रेक लगाएको बताएका छन्।

कार्कीको पदावधि एक महिना मात्र बाँकी रहेको अवस्थामा सर्वोच्चको यस्तो आदेश दिएको हो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुन सक्ने कानुनी बाटो खुला भएको छ।

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमा समर्थन जनाउँदै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

पार्टीले आयोजना गरेको मेयर-उपमेयरको परिचयात्मक कार्यक्रममा उनले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिन अाह्वान गरे। ‘अहिले पनि महाअभियोग प्रस्ताव फिर्ता लिन सकिन्छ। सर्लक्कै फिर्ता लिनुस्’, उनले भने।

सर्वोच्चका न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने संविधानको व्यवस्थाअनुसार उक्त प्रस्ताव अघि नबढाउन सर्वोच्चले संसदलाई अादेश दिएको हो।

कार्कीको पदावधि एक महिना मात्र बाँकी रहेको अवस्थामा सर्वोच्चको यस्तो आदेश दिएको हो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुन सक्ने कानुनी बाटो खुला भएको छ।

प्रकाशित: २२ वैशाख २०७४ १०:४८ शुक्रबार

सर्वोच्चको अादेशले न्यायमाथिको हस्तक्षेपमा ब्रेक लगायोः ओली