काठमाडौँ – व्यवस्थापिका संसदको आजको बैठक भोली बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानन्यायधिस सुशिला कार्की माथि सत्तारुढ दलले लगाएको महाअभियोगको विषयमा छलफल गर्न ३ बजे बाेलाइएकाे बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।
बैठक स्थगित गरिएको विषयमा बोल्दै एमाले उपाध्यक्ष बामदेब गौतमले भने, ‘स्वतन्त न्यायालयमाथि हमला गरिएको प्रस्ताव टेबुल नगरि नछोड्ने र गर्न नदिने बीच कुरा नमिल्दा सूचना टाँस गरी आजको बैठक स्थगित भएको हो ।’
प्रकाशित: २१ वैशाख २०७४ १०:१८ बिहीबार