राजनीति

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

काठमाडौँ –  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दिएको राजीनामा फिर्ता लिएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधीबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् । 

सभापति देउवाका  निजी सचिव केशवराज जाेशीले निधीकाे राजीनामा अस्वीकृत भएकाे बताए । उनले अाजैबाट गृहमन्त्रालयकाे जिम्मेवारी सम्हाल्नेछन् । 

नेपाली काँग्रेसकाे पदाधिकारी र पूर्व पदाधिकारीहरूकाे बुधबार बसेकाे बैठकले निर्वाचनकाे मुखमा गृहमन्त्री परिवर्तन गर्न नहुने सुझाएकाे थिायाे । उनीहरूले राजीनामा फिर्ता  लिन निधीलार्इ अाग्रह समेत गरेका थिए । 

निधी भने पार्टीकाे कार्यक्रममा सहभागी हुन जनकपुर लागेका छन् । त्यहाँबाट फर्केपछि सम्भवत अाजै उनले मन्त्रालयकाे जिम्मेवारीमा फर्किनेछन् । 

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष  वैशाख १७ गते राजीनामा दिएका थिए । 

 

प्रकाशित: २१ वैशाख २०७४ ०६:०६ बिहीबार

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै