राजनीति

वडा अध्यक्षदेखि मेयरका उम्मेदवार पत्रकार

पर्वत- नेपाल पत्रकार महासंघ पर्वतका तीन सदस्यले प्रमुख दलबाट स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका छन्। धौलागिरी शाखाका पूर्वउपसभापति रामचन्द्र जोशीले कुश्मा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका छन्। पर्वतमा निरन्तर प्रकाशित मोदीकाली साप्ताहिकका अध्यक्ष एवम् प्रकाशक उनी नेवि संघका पूर्वकेन्द्रिय सदस्य हुन्।

त्यस्तै, मोदी गाउँपालिकामा पत्रकार महासंघ पर्वतका संस्थापक विश्वप्रकाश प्रसाईंले अध्यक्षमा उम्मेदवारी दिएका छन्। प्रसाईं कांग्रेस पर्वतका सचिव हुन्। उनी रेडियो समृद्धका अध्यक्ष हुन्। साथै, महाशिला गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा जीवन उच्चै ठकुरीले उम्मेदवारी दिएका छन्। नेकपा एमाले पर्वतका सचिवालय सदस्य उनी नेपाल पत्रकार महासंघ पर्वतका सदस्य हुन। उनी स्थानीय एफएम रेडियोमा केही बर्षदेखि क्रियाशील छन्।

प्रकाशित: २१ वैशाख २०७४ ०२:२८ बिहीबार

वडा अध्यक्षदेखि मेयरका उम्मेदवार पत्रकार