राजनीति

महाअभियोग प्रस्तावमा छलफलको मिति भोली तोकिने

काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्व दर्ता गराएको महाअभियोग प्रस्तावमा छलफलको मिति भोली (बिहीबार) तोकिने भएको छ।

संसदले प्रकाशित गरेको कार्यसूचीमा बिहीबारको बैठकले उक्त प्रस्तावको छलफलको लागि संसद नियमावलीको नियम १६८ उपनियम (२) बमोजिम छलफल हुने दिन र समय निर्धारण हुने जनाइएको छ।

आइतबार प्रधान न्यायाधीश कार्कीविरुद्व काँग्रेस र माओवादी २४९ सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

कांग्रेसका मीनबहादुर विश्वकर्माको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले समर्थन गर्दै आइतबार दिउँसो ४ बजे महाभियोग प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गराएका थिए।

प्रस्ताव दर्ता भएपछि स्वतः निलम्बन हुने संवैधानिक व्यवस्थाअनुसार कार्की निलम्बनमा छन्।

प्रकाशित: २० वैशाख २०७४ ०८:५४ बुधबार

महाअभियोग प्रस्तावमा छलफलको तोकिने