राजनीति

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका जोशीको मनोनयन दर्ता

काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा  मनोनयद दर्ता गराएको छ।

काठमाडौंको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्कीले मनोनयन दर्ता गरेका हुन्।

 मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय नेता सम्मिलित बैठकले जोशीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

काठमाडौंको मेयरमा पार्टीका तर्फबाट आफ्नो दाबी राख्दै यसअघि उनले बागमती, विष्णुमती मुहानदेखि नै सफा गर्ने, आईटी हव निर्माण गरी वर्षको २० हजार युवालाई रोजगारी प्रदान गर्ने योजना सार्वजनिक गरेका थिए।

काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो। उनीहरु दुवै जनाले मेयर उम्मेदवार अस्वीकार गरेपछि राजुराज जोशीको नाम छनौट भएको हो।

२०३५ सालदेखि नेविसंघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका जोशी हाल कांग्रेस महासमिति सदस्य हुन्। उनी २०४७ सालमा काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह हुँदा उनी सचिव थिए। २०४९ को स्थानीय निर्वाचनमै पार्टीको तर्फबाट मेयरको दाबेदार रहेका उनी पीएल सिंहको उम्मेदवारीपछि पछि हटेका थिए।

 

प्रकाशित: १९ वैशाख २०७४ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App