राजनीति

महाभियोग प्रस्ताव न्यायालयका लागि दुर्भाग्यपूर्ण : पराजुली

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्तापछिको अवस्थाबारे कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसँग दुर्गा दुलालले गरेको कुराकानी: 

कार्यवाहकको जिम्मेवारी पाउनु भएको छ, कसरी लिनुभएको छ?

परिस्थितिले दिएको जिम्मेवारीका रुपमा लिएको छु।

इजलासमा रहेको अवस्थामा प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता भयो, कस्तो लागेको छ?

यो कार्य न्यायालयका लागि दुर्भाग्यपूर्ण छ। न्यायिक इतिहासमा यस्तो कार्य नहुनुपर्थ्यो। तर, कार्यकारीले किन र केका लागि गर्‍यो, मैले टिप्पणी गर्न मिल्दैन। जसरी जुन समयमा आएको छ, यसलाई सुखद मान्न भने सकिन्न। यसले सिर्जना गर्ने सकारात्मक र नकारात्मक दुवै परिणामका विषयमा प्रस्ताव दर्ता गराउनेका तर्फबाट ख्याल भएको होला नि त।

कार्यवाहकको जिम्मेवारी महाभियोग किनारा नलागेसम्म रहन्छ?

यो कुरा मैले कसरी भन्न मिल्ला र! यो त कार्यकारीको विषय हो। यसमा म नबोलौं होला। जिम्मेवारी दिए निर्वाह गर्नुपर्छ।

अब न्यायालय कसरी सञ्चालन गर्नुहुन्छ?

न्यायालयको आफ्नै निश्चित व्यवस्था छ, पद्धति छ। त्यसै अनुसार चल्छ। मैले न्यायालयमा अझ निर्भीक र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने प्रयास गर्नेछु। न्याय नपाएकालाई न्याय दिने कार्य हुनेछ।

प्रकाशित: १९ वैशाख २०७४ ०२:४७ मंगलबार

महाभियोग प्रस्ताव न्यायालयका लागि दुर्भाग्यपूर्ण पराजुली