राजनीति

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

काठमाडाैं– पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेकाे राप्रपाले साेमबार साँझ सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

समर्थन फिर्ता लिएर सरकारबाट राप्रपा बाहिरिएकाे राप्रपाका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठले बताए।

सरकारबाट बाहिरिए पनि अाफूहरूले संविधान संशाेधनकाे पक्षमा नै मतदान गर्ने र निर्वाचनलार्इ सहयाेग गर्ने निर्णय भएकाे उनले बताए।

तर, प्रधानन्यायाधीशविरूद्ध ल्याइएकाे महाअभियाेग प्रस्ताव फिर्ता लिनु पर्ने पार्टीकाे धारणा रहेकाेले उक्त प्रस्तावकाे पार्टीले विराेध गर्ने उनले बताए।

राप्रपाले समर्थन फिर्ता लिएकाे अवस्थामा पनि सरकार भने अल्पमतमा पर्नबाट भने जाेगिएकाे छ। राप्रपाका ३७ सांसद छन्।

प्रकाशित: १८ वैशाख २०७४ १२:५८ सोमबार

समर्थन लिँदै सरकारबाट बाहिरियो राप्रपा