राजनीति

नयाँ शक्तिको प्रतिबद्धतापत्रः प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

नयाँ शक्ति नेपालले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना घोषणा गरेको छ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य लिएको छ। जुन पहिलो पाँच वर्षमा २ हजार डलर, दोस्रो १५ वर्षमा ६ हजार डलर र तेस्रो तथा अन्तिम २५ वर्षमा १५ हजार डलर आम्दानीको लक्ष्य लिएको हो।

आर्थिक विकास र समृद्धिको मार्गचित्र

समृद्ध नया“ नेपाल निर्माणका निम्ति नया“ शक्ति नेपालले अघि सारेको ५‘स’को अवधारणाका पा“च वटै पक्ष अन्तरसम्बन्धित छन् । तिनको एकीकृत प्रयोगले मात्रै एक्काइसौं शताब्दीको एकतावद्ध, समृद्ध र सुखी नेपाल बन्न सक्दछ भन्ने हाम्रो दृढ विश्वास छ । तर तीमध्ये ‘समृद्धि’ नै अहिले प्रमुख पक्ष हो, किनकि नेपालका सबै जाति, क्षेत्र, लिंग, समुदाय, वर्गको साझा चाहना र पहिलो आवश्यकता विकास र समृद्धि नै हो । त्यसैले हाम्रो मुख्य नारा छ– ‘अबको निकास आर्थिक विकास≤ समृद्धि सम्भव छ हाम्रै पालामा’ ।

परन्तु चुनावको बेलामा सबैले विकास र समृद्धिका ठूलाठूला सपना देखाउने र जितेपछि सिन्को नभा“च्ने पुराना शक्तिहरु भन्दा नया“ शक्ति कसरी फरक छ त ? अनि स्थानीय सरकारको निर्वाचनको सन्दर्भमा दीर्घकालीन आर्थिक विकास नीति र योजनाको चर्चाको के औचित्य छ ?

हो, देश विकासको स्पष्ट सोंच, ठोस लक्ष्य, साधनस्रोत परिचालनको मूर्त योजना र कार्यान्वयनको दृढ प्रतिवद्धताविना गरिने विकासे गफ चुनावको बेला जनतालाई मूर्ख बनाउने र ठग्ने गलत राजनीतिक हर्कत नै हो । नया“ शक्ति नेपाल त्यो खराब राजनीतिक परम्पराको अन्त्य गर्न चाहन्छ । त्यसैले हामी यहा“ ठोस लक्ष्य किटान गरेर त्यो प्राप्त गर्न चाहिने आवश्यक स्रोतसाधनको व्यवस्थापनको योजना र कार्यान्वयनको मोटो मार्गचित्र सहित प्रस्तुत भएका छौं । साथै स्थानीय सरकारले संघीय र प्रान्तीय सरकारका मूलनीतिभित्र रहेरै कार्य गर्नुपर्ने र अर्थतन्त्रका समष्टीगत ९ःबअचय० र सुक्ष्म ९ःष्अचय० पक्षबीच द्वन्दात्मक अन्तरसम्बन्ध हुने भएकाले दुबैलाई संक्षेपमा उल्लेख गर्न आवश्यक ठानेका छौं ।

 विकासको अवधारणा र नीति

सर्वप्रथम, नया“ शक्ति नेपाल विकास र समृद्धिलाई एकांगी हैन सर्वांगीण र बहुआयामिक अवधारणाको रुपमा ग्रहण गर्दछ । पहिलो, विकास भनेको मानवीय उपभोगकालागि भौतिक बस्तु र सेवाको प्रचुरता हो । त्यसैले अहिले देशको प्रतिव्यक्ति आम्दानी (७ सय डलर आसपास) नै निरपेक्ष गरीबीको अवस्थामा रहेकाले हामी शुरुको चरणमा तीब्र वृद्धिमा जोड दिन चाहन्छौं । अर्थात् कमसेकम दुई दशक निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हाम्रो प्रमुख विकास नीति हुनेछ । त्यसैले त्यसको निम्ति जे गर्नुपर्छ हामी त्यही गर्नेछौं । दोस्रो, विकास भनेको केही मान्छे मात्र धनी हुने नभै समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई धनी बनाउने हो । तर सबैलाई एकैचोटि बराबर धनी बनाउन सकिन्न । त्यसैले हामीले समग्र आर्थिक वृद्धिदरमा प्रतिकूल असर नपर्ने गरी र समाजमा कोही पनि निरपेक्ष गरीबीको रेखामुनि नरहने गरी आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन मिलाउ“दै जाने नीति लिनेछौं । तेस्रो, हामी दीगो विकासको पक्षमा अत्यन्त सम्वेदनशील र दृढ छौं र वातावरणीय संरक्षण तथा प्राकृतिक सम्पदाको उपभोगमा अत्यन्त जिम्मेवार र वैज्ञानिक नीति अनुसरण गर्नेछौं । चौथो, हामी धनी मात्र होइन सुखी र खुशी पनि हुन र बनाउन चाहन्छौं । त्यसनिम्ति भौतिक सुविधा र आत्मिक शान्ति दुबैको उचित सन्तुलन मिलाउन विशेष ध्यान दिनेछौं ।

दोस्रो, अरुले भन्ने गरेको ‘विकास’ र हामीले भन्न खोजेको विकासमा यो तात्विक अन्तर छ कि अरुले सर्प झैं घस्रिने वा मोटर झैं गुड्ने गतिमा क्रमिक विकासको कुरा गरेका छन् भने हामी चाहि“ नेपाली इतिहासको यो विशिष्ट घडीमा भ्यागुतो झैं उफ्रने वा हवाइजहाज झैं उडान भर्ने ९त्बपभ(याा० वा छलाङ् हान्ने प्रकृतिको गुणात्मक विकासको कुरा गरिरहेछौं । विश्व आज चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको चर्चा गरि“दैछ भने हाम्रो देश नेपालले चाहि“ अझै पहिलो औद्योगिक क्रान्ति (अथवा आधारभूत श्रमको यान्त्रिकीकरण) पनि पूरा गर्न सकेको छैन । त्यसैले हामी केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर राष्ट्रिय औद्योगिक क्रान्ति सम्पन्न गर्न चाहन्छौं । हामीलाई तीन वटा औद्योगिक क्रान्तिको चरण पार गर्ने समय छैन र अब त्यो सम्भव वा आवश्यक पनि छैन । त्यसैले अब हामीले एकैचोटि चार वटा औद्योगिक क्रान्ति पार गर्ने अत्यन्त तीब्र र मौलिक विकासको बाटो खोज्नुछ ।

तेस्रो, नेपाली समाज भर्खरै मात्रै सामन्तवादी युग पार गरेर पु“जीवादी चरणमा प्रवेश गरेको छ । परन्तु बा“की विश्व भने उत्तर–पु“जीवादी ९एयकत(अबउष्तबष्कित० र उत्तर–राज्यसमाजवादी ९एयकत(कतबतभ कयअष्बष्किm० चरणमा पुगिसकेको छ र वैकल्पिक विचार तथा राजनीतिको खोजी गरिरहेको छ । साथै हाम्रा उत्तर र दक्षिणतिरका छिमेकीहरु बेग्लाबेग्लै विकासका मोडेल लिएर तीब्र विकासको गतिमा कुदिरहेका छन् । यो स्थितिमा हामीलाई पुराना विकासका मोडेलहरुको नक्कल गर्ने समय र सुविधा दुबै छैन । हामीले आफ्नै ऐतिहासिक विकासको चरण, आन्तरिक जातीय÷क्षेत्रीय÷वर्गीय विविधता, वद्लि“दो भू–राजनीति र विश्व परिस्थितिलाई हेरेर आफ्नो मौलिक विकासको मोडेल खोज्नुछ । यो स्थितिमा हामीले शुरुको चरणमा आन्तरिक र बाह्य पु“जी लगानीलाई तीब्रता दिएर राष्ट्रिय औद्योगिक पु“जीवादको विकास गर्ने र पछि समुन्नत समाजवादमा रुपान्तरण गर्ने नीति अनुसरण गर्नेछौं । यसनिम्ति मुख्यतः निजी क्षेत्रले प्रमुख लगानीकर्ताको भूमिका निर्वाह गर्ने र राज्यले लगानीमैत्री वातावरण बनाउ“दै आधारभूत क्षेत्रमा लगानी गर्ने तथा सामाजिक सुरक्षाको प्रमुख दायित्व वहन गर्ने कार्य गर्नेछ । हाम्रो जस्तो साना उत्पादनकर्ताको वाहुल्य भएको अर्थतन्त्रमा सहकारी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

आर्थिक विकास र समृद्धिका लक्ष्यहरू

नया“ शक्ति पार्टीले समृद्ध मुलुक निर्माणका लागि निम्नानुसारका ५ वर्षे, १५ वर्षे र २५ वर्षे लक्ष्यहरू तय गरेको छः

अवको ५ वर्ष अर्थात् सन् २०२२ सम्ममा आम गरीवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने ।

सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने ।

सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने ।

माथि उल्लेखित लक्ष्यहरु हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, ठूला पूर्वाधारहरुको तीब्र विकास र विस्तार, उत्पादनशील उद्योगहरूको विकास, पर्यटन तथा अन्य सेवामूलक क्षेत्रको गुणस्तरीय विकास र विस्तार, दक्ष जनशक्ति उत्पादन, सन्तुलित वित्त व्यवस्थापन र ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका माध्यमबाट दुई अंकको वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाइनेछ । यस अनुसार पहिलो ५ वर्षलाई (सन् २०२२ सम्मलाई) तीव्र आर्थिक उडानको तयारी कालको रुपमा ८ प्रतिशत, त्यसपछिका १० वर्षमा ११ प्रतिशत र अर्को १० वर्षमा १२ प्रतिशतको आर्थिक वृद्धिदर कायम गरिनेछ । यसरी दुई अंकको आर्थिक वृद्धि र न्यायपूर्ण वितरण प्रणालीको विकास गरी आगामी ५, १५ र २५ वर्षमा आर्थिक विकास तथा समृद्धिका निम्नानुसारका सूचकाङ्कहरू हासिल गरिनेछः

५ वर्षमा हासिल गरिने सूचकाङ्कहरू

प्रतिव्यक्ति औसत आम्दानी २,००० डलर पु¥याउने ।

कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने ।

निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा झार्ने ।

कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत पु¥याउने ।

वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने, आयातलाई ३० प्रतिशतमा झार्ने ।

वार्षिक तीन लाख रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जानेको संख्या सरदर प्रतिदिन ५०० मा झार्ने ।

सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने ।

विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पु¥याउने । उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पु¥याउने ।

दलित, अपांग विद्यार्थीलाई उच्च–माध्यमिक स्तरको शिक्षासम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने ।

शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख १०० मा झार्ने ।

१५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने ।

पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने ।

प्रत्येक घरमा सफा खानेपानी पु¥याउने । प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत जसका लागि ४ हजार मेगावाट विद्युत उत्पादन गरिने । साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पु¥याउन सकिने व्यवस्था गरिने ।

एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पु¥याउने ।

दुईवटा उत्तर–दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने ।

पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पु¥याउने ।

खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १÷१ वटा रङ्गशाला बनाउने ।

कला, साहित्य र संस्कृतिको विकासको लागि हरेक प्रदेशमा एकएक प्रज्ञा प्रतिष्ठान खोलिने ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि केन्द्रमा एक यौनिक तथा लैङ्गिक अल्पसंख्यक विकास केन्द्र बनाइने ।

प्रत्येक प्रदेशमा १÷१ वटा विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठान खोल्ने । विज्ञान, प्रविधि तथा अन्वेषणमा लगानी कूल गार्हस्थ उत्पादनको १ प्रतिशत पु¥याउने ।

प्राविधिक शिक्षाको विकासका लागि प्रत्येक प्रदेशमा १÷१ वटा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने ।

१५ वर्षमा हासिल गरिने सूचकाङ्कहरू

प्रतिव्यक्ति औसत आम्दानी ६,००० डलर पु¥याउने ।

 कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २५ प्रतिशत पु¥याउने ।

 निरपेक्ष गरिबीमा रहेको जनसंख्या शून्यमा झार्ने ।

कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २५ प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई २० प्रतिशत पु¥याउने ।

 वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत पु¥याउने, आयातलाई २५ प्रतिशतमा झार्ने । अर्थात वस्तु तथा सेवाको निर्यात र वस्तुको आयातबीच समुचित सन्तुलन हासिल गर्ने ।

वार्षिक चार लाख गुणस्तरयुक्त रोजगारी सिर्जना गरी वाध्यतावस वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने ।

 सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चिततालाई निरन्तरता दिने ।

 उर्जा सुरक्षालाई केन्द्रमा राखी १५ हजार मेगावाट विद्युत उत्पादन गरिने ।

उच्च माध्यमिक स्तरमा पढ्ने उमेरका व्यक्तिहरुको पढ्न जाने प्रतिशत ९० पु¥याउने ।

दलित, अपांग विद्यार्थीलाई उच्च माध्यमिक तहसम्मको शिक्षा छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्थालाई निरन्तरता दिने ।

 शिशु मृत्युदर प्रतिहजार १० र मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने ।

 १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने ।

 पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ८० प्रतिशत छुटको व्यवस्था गर्ने ।

शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्यालाई ५० प्रतिशत पु¥याउने ।

चारवटा उत्तर–दक्षिण आर्थिक करिडरहरु सञ्चालनमा ल्याउने ।

  पर्यटन क्षेत्रको आधुनिकीकरण गर्ने र वार्षिक रूपमा नेपाल आउने पर्यटकहरूको संख्या ४० लाख पु¥याउने ।

 खेलकुदको विकासकालागि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, हरेक नगरपालिकामा खेलकुद महाविद्यालय र १÷१ वटा रङ्गशाला, एक गाउ“ एक खेल मैदान बनाउने ।

 कला, साहित्य र संस्कृतिको विकासको लागि हरेक नगरपालिकामा १÷१ प्रज्ञा प्रतिष्ठान केन्द्र खोलिने ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि प्रत्येक प्रदेशमा १÷१ यौनिक तथा लैङ्गिक अल्पसंख्यक विकास केन्द्र बनाइने ।

 प्रत्येक नगरपालिकामा विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठानका विशेष केन्द्रहरु खोल्ने । विज्ञान, प्रविधि तथा अन्वेषणमा लगानी कूल गार्हस्थ उत्पादनको २ प्रतिशत पु¥याउने ।

 प्राविधिक शिक्षाको विकासका लागि खोलिएका प्रत्येक प्रदेशका नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन अनुसन्धान गर्न सक्ने सुविधा सम्पन्न बनाउने ।

मुलुकको सूचना सुरक्षाकालागि अन्तरिक्षमा एक भू–उपग्रह सञ्चालन गर्ने ।

२५ वर्षमा हासिल गरिने सूचकाङ्कहरू

प्रतिव्यक्ति औसत आम्दानी १५,००० डलर पु¥याउने ।

कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत पु¥याउने ।

कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको ३० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई २० प्रतिशत पु¥याउने ।

वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको ३० प्रतिशत पु¥याउने, आयातलाई २० प्रतिशतमा झार्ने ।

वार्षिक पा“च लाख गुणस्तरयुक्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थालाई निरन्तरता दिने ।

ऊर्जा विकासलाई निरन्तरता दि“दै ५० हजार मेगावाट विद्युत उत्पादन गरिने ।

शिशु मृत्युदर प्रतिहजार ५ र मातृ मृत्युदर प्रतिलाख ४० मा झार्ने ।

१५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने ।

शहरी विकास सूचकाङ्क ९० प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्यालाई ७५ प्रतिशत पु¥याउने ।

पर्यटन क्षेत्रको आधुनिकीकरण गर्ने र वार्षिक रूपमा आउने पर्यटकहरूको संख्या औसतमा ७५ लाख पु¥याउने ।

विकसित देशमा खेलाडीहरुलाई दिइने सुविधा नेपाली राष्ट्रिय खेलाडीहरुलाई दिने, खेलकुदको विकासको लागि आवश्यकता अनुरूप भौतिक पूर्वाधारहरूको विकास गर्ने ।

कला, साहित्य र संस्कृतिको विकासको लागि हरेक नगरपालिकामा रहेका प्रज्ञा प्रतिष्ठान केन्द्रहरुलाई अन्तर्राष्ट्रिय मापदण्डको स्तरमा पु¥याउने । यस क्षेत्रमा लागेकाहरुलाई विकसित देशमा हुने÷पाउने सुविधा उपलब्ध गराउने ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई विकसित देशमा हुने÷पाउने सुविधा उपलब्ध गराउने ।

प्रत्येक नगरपालिकामा रहेका विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठानका विशेष केन्द्रहरुलाई अन्तर्राष्ट्रिय मापदण्डको स्तरमा पु¥याउने । विज्ञान, प्रविधि तथा अन्वेषणमा लगानी कूल गार्हस्थ उत्पादनको ३ प्रतिशत पु¥याउने ।

प्राविधिक शिक्षाको विकासकालागि खोलिएका नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीलाई विश्वकै उच्चकोटिमा पर्ने गरी स्तरोन्नति गर्दै लैजाने ।

 

लगानीका स्रोतहरू

माथि उल्लेखित लक्ष्यहरू हासिल गर्न उच्च लगानी र त्यसको निरन्तरता अनिवार्य जरुरी हुन्छ । कूल गार्हस्थ उत्पादनको ३५–४० प्रतिशत लगानी पु¥याएर मात्र माथि उल्लेखित आर्थिक विकासका सूचकाङ्कहरु हासिल गर्न, कायम राख्न सकिन्छ । यसका लागि मुलुक भित्र र वाहिर रहेका नेपालीहरुको आम्दानी, मूलतः उपभोगमा खर्च गर्ने प्रवृत्तिलाई वचत गर्न प्रोत्साहन गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाइनेछ । साथै विदेशी प्रत्यक्ष लगानीको लागि उपयुक्त वातावरण तयार गरिनेछ । यसरी सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, सन् २०२२ सम्म स्थीर पु“जीको अंश कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत, सन् २०३० सम्म औसतमा ४० प्रतिशत र सन् २०४० सम्ममा ४५ प्रतिशत पु¥याएर दुई अंकको वृद्धिदर हासिल गरिनेछ । तलको तालिकामा दिए बमोजिम लगानीका स्रोतहरूमा सबैभन्दा ठूलो भूमिका निजी क्षेत्रको हुनेछ अर्थात् यो अंश कूल लगानीको करीव दुइ तिहाई भन्दा बढी रहनेछ ।

 

 

प्रकाशित: १८ वैशाख २०७४ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App